काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्णरूपमा सुचारु रहेको जनाएको छ । प्रहरीका अनुसार धादिङको बैरेनी बजारमा भने करिब एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ । बाढीको लेदो पन्छाएपछि सडक खुलेको हो ।
सो क्षेत्रमा सवारी आवागमन व्यवस्थापनका लागि आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।
यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकखण्ड अवरुद्ध भएको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend