Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • रसुवा बाढी अपडेट: हालसम्म ५४७ शव फेला, १ हजार ४७३ जनाको उद्धार


    शुक्रबार, भाद्र १२ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भदौ दश गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ५४७ पुगेको छ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो।

    रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ ।

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार