काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज शुक्रवार पनि सूचना जारी गर्दै भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको र यसको फुट्ने जोखिम रहेकाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपश्चात् हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल नै छ । तर पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ ।
चेतावनी दिँदै बाढी महाशाखाले भनेको छ, ‘चीन सरकारबाट प्राप्त सूचना, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार भदौ १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको हुँदा अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।’
काठमाडौं । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प सिचुआनको लोङचाङ सहरमा गएको हो, जुन...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्...
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend