काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् ।
आज बिहान सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका हुन्।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित भएका थिए ।
अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका छन्।
काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्णरूपमा सुचारु रहेको...
काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढी...
काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ बर्षीया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ । भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा...
काठमाडौँ। प्रहरीचौकी बेत्रावतीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव नारायणी नदीमा फेला परेको छ। बुधबार रसुवास्थित भोटेकोसीमा आएको बाढीपछि पौडेल पनि बेपत्ता थिए। नुवाकोट...
काठमाडौँ। सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी रक्षा मन्त्रालयको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend