तपाईं सम्पादक रहेका नेपाल फेस नामक अनलाइन समाचार माध्यमबाट मिति २०८३ भदौ ५ गते ‘बिचौलिया नवीन बस्नेतः पहिले ओली–महेशको आडमा उन्मुक्ति, अहिले बेनको नाममा चलखेल’ शीर्षकमा प्रकाशित/प्रसारित समाचारमा मेरो ध्यानाकर्षण भएको छ । ममाथि समाचारले लगाएको आरोप अनुरुप कुनै पनि कार्यमा संलग्न नभएको र नरहेको स्पष्ट जानकारी यसै खण्डन पत्रकामार्फत् गर्दछु । उक्त समाचार सामग्रीका आरोपको सम्बन्धमा मेरो देहायका बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।
देहायः
१. प्रकाशित सामग्रीमा ‘बिचौलिया नवीन बस्नेत पहिले ओली–महेशको आडमा उन्मुक्ति, अहिले बेनको नाममा चलखेल’ भनी शीर्षक दिई मलाई आपराधिक गतिविधिमा संलग्न तथा राजनीतिक पहुँचको दुरुपयोग गरी कानूनी कारबाहीबाट उन्मुक्ति पाउँदै आएको व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । उक्त प्रस्तुति भ्रामक तथा पूर्वाग्रहपूर्ण रहेको छ । म एक व्यवसायी हुँ र मेरो वास्तविक चरित्र तथा गतिविधिसँग मेल नखाने भएकाले सो को स्पष्ट खण्डन गर्दछु ।
२.समाचारमा २०६९ सालमा काठमाडौंको गुह्येश्वरीबाट बरामद भएको रक्तचन्दनको घटनामा मलाई मुख्य कारोबारी तथा रक्तचन्दनको मालिकका रूपमा प्रस्तुत गरिएको छ । उक्त घटनासम्बन्धी अनुसन्धान तथा अदालतको प्रक्रियालाई समाचारमा आफूअनुकूल व्याख्या गरी मलाई आपराधिक रुपमा दोषी देखाउने प्रयास गरिएको छ । मलाई उक्त घटनाको बिषयमा केही थाहा जानकारी पनि नभएको र तत्कालीन समयमा म एकA Division फुटबल खेलाडीमात्र थिएँ, यस मिडियाले सत्य तथ्यको खोजी नगरी एक मिडियाले कानूनको बर्खिलाप गरी म एक असल व्यवसायीप्रति पूर्वाग्रहपूर्ण रूपमा प्रस्तुत गर्नु न्यायिक मूल्य, निष्पक्षता तथा तथ्यगत पत्रकारिताको मर्म विपरीत हुन्छ ।
३. समाचारमा जिल्ला अदालतको आदेश तथा जिल्ला अदालत नियमावली, २०५२ को नियम १९(क) सम्बन्धी व्यवस्थालाई समेत मेरोविरुद्ध अपराध प्रमाणित भएको जस्तो गरी प्रस्तुत गरिएको छ । अदालतको आदेशको वास्तविक कानूनी प्रकृति र त्यसबाट उत्पन्न परिणामलाई सही रूपमा प्रस्तुत नगरी त्यसलाई मेरो आपराधिक संलग्नताको प्रमाणका रूपमा प्रयोग गर्नु भ्रामक व्याख्या हो ।
४. समाचारमा मलाई रक्तचन्दनपछि सुन तस्करीमा समेत संलग्न भएको, प्रहरीले मेरो संलग्नता पुष्टि गरेको तर राजनीतिक दबाबका कारण मलाई उन्मुक्ति दिएको भन्ने दावी गरिएको छ । उक्त दाबीको पुष्टि गर्ने कुनै आधिकारिक निर्णय, अनुसन्धान प्रतिवेदन, अभियोजनपत्र वा अदालतको अन्तिम फैसला समाचारमा प्रस्तुत गरिएको छैन । त्यसैले त्यस्ता अपुष्ट, अप्रमाणित स्रोत र दाबीका आधारमा मलाई सुन तस्करीमा संलग्न व्यक्ति भनी प्रस्तुत गर्नु पूर्णतः अस्वीकार्य छ । जसले गर्दा मेरो प्रतिष्ठामा आँच पुयाउने कार्य भएकोमा म यस अपुष्ट समाचारको अत्यन्त दुःखका साथ खण्डन गर्दछु ।
५. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा अन्य उच्चपदस्थ व्यक्तिलाई धम्की दिने घटनासँग समेत मेरो सम्बन्ध रहेको, विभिन्न व्यक्तिहरुमार्फत् धम्की तथा आर्थिक लेनदेन गराएको भन्ने गम्भीर आरोप समाचारमा लगाइएको छ । त्यस्ता आरोपहरू अत्यन्त गम्भीर प्रकृतिका भएकाले प्रमाणित र आधिकारिक आधार बिना सार्वजनिक गर्नुले मेरो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा गम्भीर क्षति पुयाएको छ । उक्त आरोपहरूको म पूर्ण रूपमा खण्डन गर्दछु ।
६.समाचारमा विभिन्न व्यक्तिहरूसँग भएका भनिएका WhatsApp संवाद, मोबाइल विवरण तथा डिजिटल फरेन्सिकसम्बन्धी विषयहरु उल्लेख गरी त्यसलाई मेरो आपराधिक संलग्नताको प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । कुनै डिजिटल सामग्रीको अस्तित्व मात्रबाट त्यसको अर्थ, सन्दर्भ, प्रमाणिकता तथा कानूनी निष्कर्ष स्वतः स्थापित हुँदैन । सम्बन्धित सामग्रीको पूर्ण सन्दर्भ, प्रमाणिकता र कानूनी परीक्षण बिना त्यसलाई अपराधको प्रमाणका रूपमा प्रस्तुत गर्नु उचित होइन र हुन सक्दैन ।
७. समाचारमा मैले राजनीतिक व्यक्तिहरू तथा सरकारी उच्चपदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी प्रहरी अख्तियार वा अन्य निकायमा प्रभाव पार्ने गरेको मुद्दा मिलाउने गरेको तथा आफूलाई कानूनी कारबाहीबाट जोगाउने गरेको भन्ने दाबी गरिएको छ । म कुनै पनि गैरकानूनी कार्यका लागि कुनै राजनीतिक वा सरकारी व्यक्तिको नाम प्रयोग गरेको छैन । समाचारमा उल्लेख गरिएका यस्ता दाबीहरूको म स्पष्ट रूपमा खण्डन गर्दछु ।
८. समाचारको अन्तिम भागमा मैले ‘राजेश बज्राचार्य दाइ र मैले भेटेर कुमार बेनसँग कुरा मिलाएका छौं’ तथा ‘कुमार बेनले त्यो गुन तिर्छु भनेका छन्’ भनी बोलेको दाबी गरिएको छ । मैले त्यस्तो अभिव्यक्ति दिएको हो वा होइन भन्ने सम्बन्धमा समाचारले म सँग प्रत्यक्ष सम्पर्क गरी मेरो भनाइ लिएको देखिँदैन र कुमार बेन र राजेश बज्राचार्यलाई कहाँ, कहिले, कसरी भेट भएको हो भन्ने अपुष्ट स्रोतका आधारमा म लगायतका व्यक्तिहरु प्रति गम्भीर आरोप लागाएकोमा उक्त सामग्रीप्रति मेरो गम्भीर आपत्ति छ । त्यसैगरी कुनै व्यक्तिसँग भएको सामान्य परिचय, भेटघाट वा सामाजिक सम्बन्धलाई अपराध वा गैरकानूनी प्रभावका रूपमा व्याख्या गर्नु तथ्यपरक पत्रकारिता होइन ।
९. मेरो व्यवसायिक तथा व्यक्तिगत प्रतिष्ठामा प्रत्यक्ष असर पर्नेगरी समाचारमा विभिन्न आपराधिक गतिविधिसँग मेरो नाम जोडिएको हुँदा उक्त समाचारका सम्बन्धमा प्रमाणित, आधिकारिक तथा वस्तुनिष्ठ आधार सार्वजनिक गर्न म नेपाल फेस समक्ष अनुरोध गर्दछु । यदि समाचारमा उल्लेख गरिएका आरोप पुष्टि गर्ने आधिकारिक प्रमाणहरू छन् भने सो प्रमाणसमेत सार्वजनिक गरी तथ्य प्रस्तुत गर्न अनुरोध गर्दछु ।
१०. पत्रकारिता क्षेत्रको मूल मर्म अनुसार कुनै व्यक्तिमाथि गम्भीर आरोप लगाउँदा सम्बन्धित व्यक्तिको भनाइ लिने, आरोपको स्वतन्त्र पुष्टि गर्ने तथा आरोप र प्रमाणबीच स्पष्ट सम्बन्ध स्थापित गर्ने दायित्व रहन्छ । मेरो भनाइ नलिई वा मेरो भनाइलाई समुचित स्थान नदिई एकतर्फी रूपमा प्रकाशित गरिएको उक्त समाचारले मेरो व्यक्तिगत, सामाजिक तथा व्यवसायिक प्रतिष्ठामा गम्भीर असर पारेको हुँदा सो सम्बन्धमा आवश्यक सच्याइ तथा खण्डन प्रकाशित गरिदिन अनुरोध गर्दछु ।
११. अतः माथि उल्लेखित विषयहरूलाई समेत समेटी प्रकाशित समाचारमा रहेका तथ्यगत त्रुटि, भ्रामक प्रस्तुति तथा म माथि लगाइएका अप्रमाणित आरोपहरू सच्याई यसै समाचार माध्यममा स्पष्ट खण्डन र प्रतिक्रिया प्रकाशित गरी सो को समान स्तरको स्थान र प्रमुखता प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।
१२. साथै, भविष्यमा मेरो सम्बन्धमा कुनै समाचार प्रकाशन वा प्रसारण गर्नुपूर्व सम्बन्धित विषयमा मेरो आधिकारिक भनाइसमेत लिई तथ्यपरक, निष्पक्ष र सन्तुलित समाचार प्रकाशन गरिदिन अनुरोध गर्दछु ।
नवीनराज बस्नेतले पठाएको यो खण्डन २०८३ भदौ ९ गतेको मिति लेखिएको र २०८३ भदौ १० गते अपराह्न ३.३ बजे नेपालफेसको ईमेलमा प्राप्त भएको हो ।
निवेदक : नवीनराज बस्नेत
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend