काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उनले भाडामा लिएको घरमा खानतलासी गरी पक्राउ गरेको हो।
यागुबीले भाडामा घर लिएर लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले निगरानी तथा खोजतलास गरेको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा लागुऔषध भने फेला नपरेको ब्युरोले स्पष्ट पारेको छ। तर, उनले प्रयोग गर्दै आएको कोठाभित्र स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ ३१ लाख भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
प्रहरीले यागुबीको साथ तथा कोठाबाट राहदानी, सुन काट्न प्रयोग गरिने कैँची, ह्यामर, डिजिटल तराजु र क्यालकुलेटर एक-एक थान बरामद गरेको छ।
त्यस्तै, विभिन्न कम्पनीका चार वटा मोबाइल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका दुई र एनआईसी एसिया बैंकको एउटा चेकबुकसमेत बरामद भएको ब्युरोले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार यागुबी यसअघि पाँच पटक नेपाल आएर फर्किएका थिए। उनी छैटौँ पटक सन् २०२६ जुलाई २३ मा नेपाल आएको अध्यागमन अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यागुबीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend