Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • चितवनबाट १६८ केजी गाँजासहित दुई जना पक्राउ


    मंगलबार, भाद्र ९ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज नजिकबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

    प्रहरीले उनीहरू सवार कार जाँच गर्ने क्रममा पछाडिको डिक्कीभित्र सेतो प्लास्टिकको बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार बरामद गाँजा १२ वटा पोकामा रहेको र तौल गर्दा १६८ केजी भएको हो।

    उनीहरूलाई नियन्त्रणमा लिएर कानुनबमोजिम मुचुल्का तयार गरी चितवन जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार