काठमाडौँ । बालाजुस्थित एक छात्रावासमा खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा समस्या देखिएपछि प्रशासनले कारबाही गरेको छ।
न्यू फेमिली नामक छात्रावासमा खानामा किरा भेटिएको र छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीत अवस्था भेटिएपछि कारवाही गरिएको हो।
खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको विषयमा सामाजिक सञ्जालमार्फत गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले त्यसलाई आधार बनाएर स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनबाट देखिएका कैफियतका आधारमा प्रचलित कानुनअनुसार छात्रावास सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै थप सञ्चालन रोक्न छात्रावासलाई सिलबन्दी गरिएको प्रहरीले जनाएको छ
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले बालाजुस्थित ‘न्यू फेमिली गर्ल्स होस्टेल’ मा अनुगमन गरेको थियो। अनुगमनका क्रममा छात्रावासको सरसफाइको अवस्था कमजोर हुनुका साथै खाद्य सामग्रीसमेत अस्वस्थ तथा उपभोगका लागि अनुपयुक्त अवस्थामा रहेको पाइएको प्रशासनले जनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा अघि बढाइने प्राथमिकता, लक्ष्य तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३...
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि आह्वान भएको संसद् बैठक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend