Nepal Face
  • मंगलबार, २ भाद्र २०८३
  • नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ


    सोमबार, भाद्र १ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे।

    ल्याउन पाउनेभन्दा धेरै विदेशी मुद्रा ल्याएको देखिएको उनले बताए।

    घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ती दुवै कर्मचारीको परिचय खुलाएको छैन। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार