काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरुबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासी लगायतका अवैध सामान बरामद गरी भन्सार तथा राजश्व कार्यालय एवं सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले चोरीपैठारी तथा निकासी लगायतका सामान बरामद गरी राजश्व संकलनमा उल्लेखनिय सहयोग गर्दै आईरहेको छ । सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुको सक्रिय गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनामा आधारित कारवाहीले गर्दा यस अवधिमा देशभरका विभिन्न जिल्लाबाट उल्लेखित रुपैयाँ बराबरको सामान बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा जोडिएको पर्सा जिल्लाबाट सबैभन्दा बढी २५ करोड ११ लाख ९४ हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको थियो ।
त्यस्तै सशस्त्र प्रहरीले बाँके जिल्लाको विभिन्न स्थानहरुबाट १३ करोड ६२ लाख २१ हजार १ सय ३८ रुपैयाँ, झापा जिल्लाबाट १३ करोड ८ लाख ८९ हजार ८ सय ८१ रुपैयाँ, रुपन्देही जिल्लाबाट १२ करोड ८८ लाख २४ हजार ४ सय २१ रुपैयाँ र कैलाली जिल्लाबाट १२ करोड ४२ लाख १० हजार ४ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
यसैगरी सशस्त्र प्रहरीले सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बारा जिल्लाका सीमा इलाकाबाट समेत उल्लेखनिय परिमाणको सामान बरामद गरेको छ भने अन्य मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरी लगायतका जिल्लाहरुबाट पनि करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।
विशेष गरी सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट नियमित गस्ती, चेकजाँच तथा विशेष सूचनामा आधारित अपरेशनल कामकारबाही संचालन गरी भन्सार विभाग, अन्य सुरक्षा निकाय लगायतका सम्बद्ध निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै चोरीपैठारी तथा निकासी जस्ता अवैध क्रियाकलापबाट नियन्त्रण गर्ने कार्य समेत गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रुपले नेपाल भित्रयाइएका खाद्यान्न, लत्ताकपडा, औषधी, किराना तथा हार्डवयर सामान, सुनचाँदी, पन्छीजन्य तथा पशुचौपाया, वनपैदवार लगायत सामान ल्याउन प्रयोग भएका सवारीसाधनहरु समेत नियन्त्रणमा लिएको हो । त्यस्तै नेपालबाट तथा नेपाल हुँदै अन्य देशमा लैजान खोजिएका अवैध सामान समेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend