Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका सामान बरामद


    शुक्रबार, साउन २९ २०८३
    225
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरुबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासी लगायतका अवैध सामान बरामद गरी भन्सार तथा राजश्व कार्यालय एवं सम्बन्धित निकायमा बुझाएको छ ।

    सशस्त्र प्रहरी बल नेपालले चोरीपैठारी तथा निकासी लगायतका सामान बरामद गरी राजश्व संकलनमा उल्लेखनिय सहयोग गर्दै आईरहेको छ । सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुको सक्रिय गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनामा आधारित कारवाहीले गर्दा यस अवधिमा देशभरका विभिन्न जिल्लाबाट उल्लेखित रुपैयाँ बराबरको सामान बरामद भएको हो ।

    सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा जोडिएको पर्सा जिल्लाबाट सबैभन्दा बढी २५ करोड ११ लाख ९४ हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको थियो ।

    त्यस्तै सशस्त्र प्रहरीले बाँके जिल्लाको विभिन्न स्थानहरुबाट १३ करोड ६२ लाख २१ हजार १ सय ३८ रुपैयाँ, झापा जिल्लाबाट १३ करोड ८ लाख ८९ हजार ८ सय ८१ रुपैयाँ, रुपन्देही जिल्लाबाट १२ करोड ८८ लाख २४ हजार ४ सय २१ रुपैयाँ र कैलाली जिल्लाबाट १२ करोड ४२ लाख १० हजार ४ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    यसैगरी सशस्त्र प्रहरीले सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बारा जिल्लाका सीमा इलाकाबाट समेत उल्लेखनिय परिमाणको सामान बरामद गरेको छ भने अन्य मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरी लगायतका जिल्लाहरुबाट पनि करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

    विशेष गरी सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट नियमित गस्ती, चेकजाँच तथा विशेष सूचनामा आधारित अपरेशनल कामकारबाही संचालन गरी भन्सार विभाग, अन्य सुरक्षा निकाय लगायतका सम्बद्ध निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै चोरीपैठारी तथा निकासी जस्ता अवैध क्रियाकलापबाट नियन्त्रण गर्ने कार्य समेत गर्दै आइरहेको छ ।

    सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रुपले नेपाल भित्रयाइएका खाद्यान्न, लत्ताकपडा, औषधी, किराना तथा हार्डवयर सामान, सुनचाँदी, पन्छीजन्य तथा पशुचौपाया, वनपैदवार लगायत सामान ल्याउन प्रयोग भएका सवारीसाधनहरु समेत नियन्त्रणमा लिएको हो । त्यस्तै नेपालबाट तथा नेपाल हुँदै अन्य देशमा लैजान खोजिएका अवैध सामान समेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार