Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न आईजीपी पौडेलको निर्देशन


    मंगलबार, साउन २६ २०८३
    60
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    साउन २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रुपमा खटिई जान लागेका अधिकृतहरुका लागि संचालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।

    उनले राष्ट्र र संगठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्नहुँदै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कारवाहीका भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिएका छन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र संगठनको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालन ९द्यक्ष्च्म्०को अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीतिको पूर्णरुपमा पालना गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।

    उनले फिल्डमा खटिँदा सानो कमजोरी वा लापरवाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउनुहँुदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रियस्तरमा भइरहेका विरोध कार्यक्रमहरु, विपद्, सीमा अपराध र समाजिक संजालको दुरुपयोगबाट उत्पन्न हुनसक्ने खतराहरुप्रति समयमै सजग रहनुपर्ने बताए ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचविखन, तेस्रो मुलुकका नागरिकहरुको प्रवेश र चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरुमा खटिदा विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदै सीमा सुरक्षामा खटिदा सरोकारवाला, सम्बन्धित निकायहरु तथा सीमापार समकक्षीसँग समन्वय गरी परिचालन हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा उनले सशस्त्र प्रहरी कर्मचारीहरुले सोसल मिडियाको प्रयोग र त्यसको दुरुपयोगको विषयमा सजग रही कार्य गर्नुका साथै मिस ईन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले असल नियत र इमान्दारीपूर्वक गरिने सम्पूर्ण कार्यको संगठनले उच्च मूल्यांकन र संरक्षण गर्ने भएको हुँदा कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले उच्च मनोवलकासाथ व्यावसायिक ढंगमा कार्य गर्नुपर्ने बताए ।

    उनले तालिम शिक्षालयका समादेशकहरुलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यका साथ व्यावसायिकता र प्रविधिमा जोड दिंदै व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखी स्तरोन्नति गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरुमा फायरफाइटिङ टिम स्ट्यानवाई राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी इलाकामा २४सैँ घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।

    यसअघि विभागीय प्रमुखहरु सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले कमाण्डमा जान लाग्नुभएका अधिकृतहरुलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारवाही गर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार