Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • शेखर गोल्छालाई एक करोड धरौटीमा छोड्न अदालतको आदेश


    मंगलबार, साउन २६ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ।

    विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो। गोल्छा आज मंगलबार अदालत उपस्थित भएका थिए।

    अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो। धितोपत्रसम्बन्धी कसूर गरेको उनीमाथि आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो।

    उनी यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार