काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्न लागेको हो ।
आइतबार सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको थियो ।
आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ।
प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकका एजेन्डामा रहेका छन् ।
पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल सुरु भएको छ ।
काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। अपरान्ह १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश...
काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको...
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो । प्रधानमन्त्री शाहले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend