Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


    मंगलबार, असार १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन

    समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार