काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राति फेसबुक पेजमा पार्टीले साथ नदिएको र एक्लो भएको स्टाटस राखेपछि त्यसको जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा सांसद मनिषकुमार झाले सरकार एक्लो नभएको बताउँदै जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने र आफू सरकारको साथमा भएको बताएका छन् ।
झाले सामाजिक संजाल फेसबुकमै प्रधानमन्त्री वालेन्द्रलाई जवाफ दिंदै लेखेका छन्–‘परिवर्तनको लागि यो महान जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।
यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ । जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’
प्रधानमन्त्री शाहले शुक्रबार राति कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन भनेर लेखेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गरिरहेको आरोप लगाएका छन्। शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो...
काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध कायम राखेका छन् प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनीहरूले उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख डोल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend