काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आज नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एक जना र प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा चार जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चार जना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा एक जना गरी जम्मा १० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेल, प्राविधिक प्रहरी उपरीक्षकमा प्राविधिक अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना, अभयकुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षमा निशा चौधरी, सञ्जिव दाहाल, रमेशकुमार साह र अञ्जनराज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिनप्रसाद खत्री रहेका छन् ।
आज दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवं शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धानलगायत प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्त्वपूर्ण भूमिका हुने चर्चा गरे ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेलले प्रहरी सङ्गठनको गरिमा, प्रतिष्ठा र सङ्गठनप्रतिको विश्वासलाई उच्च बनाउनमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा वरिष्ठ प्रहरी अधिकृत र जवानहरूको उपस्थिति थियो ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै संगठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सडक निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई पाँचबुँदे निर्देशन दिएको...
काठमाडौँ। आपराधिक पृष्ठभूमि भएका चक्रे मिलन भनिने मिलन गुरुङले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend