काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । साह निगमकै उच्चतहका कर्मचारी हुन् ।
निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम आइतबार(साउन १७ गते) उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको छनोट सिफारिस समितिले बुझाएको थियो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको बिहीबार संचारमाध्यममा आएको छ । तर सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले लगानीबोर्डको अध्यक्षमा यांकी उक्याबको नियुक्तिको निर्णय भएको बताए पनि निगममा नियुक्तिका बारेमा केही पनि उल्लेख गरेका थिएनन् ।
छनोट समितिले निगमको कार्यकारी निर्देशका लागि कौशल केसी, नागेन्द्र साह र संजीवकुमार देवलाई सिफारिस गरेको छ ।
निगम गएको बैशाख ३० गतेदेखि नेतृत्वबिहीन थियो ।
काठमाडौँ। मनाङ सदरमुकाम चामे भएर बग्ने खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ। आइतबार साँझ गएको पहिरोले मर्स्याङ्दी थुनिएर ताल बनेको स्थानीय पालसाङ...
कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट...
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल...
काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो। यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना...
काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend