काठमाडौँ। काठमाडौं सशस्त्र प्रहरी बल ९एपीएफ० को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६।७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लागुऔषध भण्डारण तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापा र सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वको टोलीले सोमबार दिउँसो करिब १२ः३० बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, सर्लाहीको मलंगवा नगरपालिका–८ निवासी सुजन रायमाझी, काठमाडौं महानगरपालिका–१४ बल्खुका भूपेन्द्र श्रेष्ठ तथा ललितपुर महानगरपालिका–४ बागडोलका ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको एपीएफले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले २९६.७५ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको होन्डा कार, ट्रामाडोल २२० क्याप्सुल, नाइट्रोभेट १३० क्याप्सुल, चार थान एन्ड्रोइड मोबाइल, तीन थान ल्यापटप, एक थान प्रिन्टर, दुई थान सञ्चार सेट, लागूऔषधमा मिसाउन प्रयोग हुने २२ वटा रासायनिक पदार्थ (केमिकल) का बोतल तथा अन्य सामग्री बरामद गरेको छ।
त्यसैगरी, एक लाख ९८ हजार ३७५ रुपैयाँ नगद, ३३ अमेरिकी डलर, २० भारतीय रुपैयाँ र एक हजार जापानी येन समेत बरामद भएको जनाइएको छ।
एपीएफका अनुसार पक्राउ परेका प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्त रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
एपीएफ इन्टेलिजेन्स ब्युरोले पछिल्लो एक महिनायता काठमाडौं उपत्यकामा विशेष अपरेशन सञ्चालन गर्दै विभिन्न स्थानबाट लागूऔषध कारोबारीलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै आएको जनाएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend