Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ


    सोमबार, साउन १८ २०८३
    85
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो ।

    कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    ०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

    अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराई मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप लगाइएको छ।

    ती अधिकारीका अनुसार उक्त प्रकरणमा भारतीय शरणार्थी शिविरमा रहेका तिब्बती शरणार्थीका नाममा फर्जी कागजात प्रयोग गरी यात्रा अनुमति पत्र जारी गरिएको आरोप छ।

    नेपालमा रहेका शरणार्थीले विदेश भ्रमणका लागि गृह मन्त्रालयको सिफारिससहित निवेदन दिएपछि मात्र यात्रा अनुमति पत्र जारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ। तर, अनुसन्धानबाट भट्टराईले आवश्यक प्रक्रिया पूरा नगरी तथा फर्जी कागजातका आधारमा अनुमति पत्र जारी गरेको आरोप पुष्टि हुने आधार भेटिएपछि उनीविरुद्ध राहदानी ऐनअनुसार मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार