Nepal Face
  • आइतबार, १७ साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ


    आइतबार, साउन १७ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्।

    थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा भारतको पञ्जाबको लुधियाना घर भएका ३० वर्षीय सोनी,२३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनाल घर भएका २२ वर्षीय साहिल रहेका छन्।

    लागु औषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले शनिबार राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सीएक्स- ६०२ मार्फत थाइल्यान्डको हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाइ ल्याएको ११ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजासहित तीन थान पासपोर्ट र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

    उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए। पक्राउ परेका तीनैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार