काठमाडौँ । नेपाली काँग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी रकमको ठगीसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले गिरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै अभियोग पत्र दायर गरेको हो ।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा पेश गरिएको छ । हाल अदालतमा उनको बयान प्रक्रिया जारी रहेको जानकारी दिएका छन् ।
व्यवसायी सुभाष श्रेष्ठले दिएको उजुरीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको बुढानीलकण्ठस्थित घरजग्गा तथा सवारीसाधनसम्बन्धी विषयमा गिरीमाथि अनियमितता तथा कब्जा गरेको आरोप लागेको छ ।
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–२३, धापाखेलबाट भण्डारीलाई पक्राउ...
विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका...
काठमाडौँ । तराई-मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना वरिष्ठ अधिकृतलाई प्रभावित क्षेत्रमा खटाइएको छ। नेपाल प्रहरीका...
काठमाडौँ। पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ...
काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend