काठमाडौँ। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौँको बुद्धनगर बस्दै आएका कलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।
असार १२ गते अध्यागमन विभागले सानेपाबाट नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरू हाल विभागकै हिरासतमा छन्।
उनीहरुलाई छुटाइदिने र अध्यागमन विभागमा रहेका अरु १५ वटा राहदानी पनि झिकाइदिने भनि ७२ लाख रुपैयाँमा मोलमोलाइ गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनीहरूले चिनियाँ नागरिकबाट नौ लाख रुपैयाँ भने लिइसकेका थिए।
उनीहरुलाई थप कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाएको सूचना अधिकारी रामेश्वर कार्कीले बताए।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend