Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • हिरासतमा रहेका चिनियाँ नागरिकसँग लाखौ ठगी गरेको आरोपमा कलाकार खतिवडासहित तीन जना पक्राउ


    बुधबार, साउन ६ २०८३
    305
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौँको बुद्धनगर बस्दै आएका कलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।

    असार १२ गते अध्यागमन विभागले सानेपाबाट नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरू हाल विभागकै हिरासतमा छन्।

    उनीहरुलाई छुटाइदिने र अध्यागमन विभागमा रहेका अरु १५ वटा राहदानी पनि झिकाइदिने भनि ७२ लाख रुपैयाँमा मोलमोलाइ गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनीहरूले चिनियाँ नागरिकबाट नौ लाख रुपैयाँ भने लिइसकेका थिए।

    उनीहरुलाई थप कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाएको सूचना अधिकारी रामेश्वर कार्कीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार