डोल्पा । डोल्पामा स्रोत नखुलेको स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँ नगद सहित दुई जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डमा गरिएको संयुक्त सुरक्षा चेकिङका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ११ जना र सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म हे.क्वा. डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १० जनाको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।
प्रहरीका अनुसार दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा–७ छल बस्ने वर्ष ३२ को बिष्णुलाल रोकाय र उक्त मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४२ को भक्ती चन्द्र रोकायको साथबाट उक्त रकम बरामद भएको हो।
बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले दुवै जनालाई मोटरसाइकल र नगद सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि कानुन बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विनय कुमार सिंहले जानकारी दिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend