Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • आफू सदैव पार्टी एकताको पक्षमा रहेको झलनाथ खनालको दाबी


    आइतबार, चैत्र १५ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

    शनिबार झलनाथ–माधव पक्षको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाएका हुन्। 

    भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक वैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । उनले आफूहरु अदालतले गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र आगामी दिनमा पनि पार्टीको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर निरन्तर अघि बढीरहने धारणा राखे।

     वरिष्ठ नेता नेपालले भने, पार्टीलाई एक बनाउने हो भने अध्यक्ष ओलीले विशेष पहल कदमीको थालनी छिट्टै शुरु गर्नुपर्छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार