काठमाडौं । नेपाल स्काउटका कार्यकारी निर्देशक अर्पण कार्की अझै पनि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई प्रभावमा पार्न लागिरहेका छन् । आफूमाथिको छानबिन प्रक्रियालाई मन्त्रालयले अगाडि बढाउने संकेत पाएपछि उनले मन्त्री पोखरेललाई बिभिन्न च्यानल प्रयोग गरी भेटघाट गरिरहेका छन् ।
अनौपचारिक रुपमा भेटघाट गरेका कार्कीले औपचारिक रुपमै कार्यक्रम राखेर मन्त्री र मन्त्रालयलाई दबाब सृजना काम गरिरहेका छन् । गतहप्ता २ दिने आवासीय कार्यक्रम ककनीमा राखेर कार्कीले आफूभन्दा पदीय मर्यादाले कनिष्ट मन्त्रालयका उपसचिव सुलोचना खनाल पराजुलीलाई प्रमुख अतिथि बनाएका थिए ।
स्काउटको कार्यकारी निर्देशकको मर्यादाक्रम सहसचिवसरह हुन्छ । स्काउटको ककनीमा आयोजित उक्त कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईको उपस्थिति थियो ।
मर्यादाक्रममा तल रहेका र आफूभन्दा जुनियर उपसचिव खनाललाई प्रमुख अतिथि बनाएपछि गाउँपालिकाका अध्यक्ष तामाङसमेत रुष्ट भएका थिए । सातवटै प्रदेशका प्रदेश आयुक्तहरुलाई बोलाइएको भए पनि कोशीका हेमन्त भण्डारी, लुम्बिनीका दिनानाथ भट्टराई, मधेशका दिनेश यादव, सुदूरपश्चिमका नरेन्द्र थापा र कर्णालीका कमल बोहरामात्र उपस्थित थिए ।
कार्यालयको तर्फबाट प्रतिका सिलवाल, कार्यक्रम अधिकृत सरु गोसाईं, शाखा अधिकृत सन्तोष चौहान, आईटी अधिकृत कृष्ण प्याकुरेल, सचिवालय प्रमुख रवि भित्रकोटी सहभागी थिए ।
त्यसैगरी सो कार्यक्रममा सातवटै प्रदेशका अधिकृतहरु, सहायक कर्मचारीहरु अभिलाषा झा, सोनु भण्डारी, ओजम प्रतिनिधि प्रतिक सत्याल, वाक्स प्रतिनिधि प्रेरणा शाक्य, फिनल्याण्ड दूताबासका कर्मचारी, चन्द्रागिरी, ललितपुर, तारकेश्वर नगरपालिकाका स्काउटका प्रमुख आयुक्त र नेपाल स्काउटका लेखा अधिकृत चुडामणि कार्कीको सहभागिता थियो ।
फिनल्याण्ड प्रोजेक्टका नाममा आयोजित उक्त कार्यक्रममा कार्कीले सहभागीहरुलाई अनौपचारिक रुपमा आफ्नो पक्षमा भूमिका खेलिदिन हारगुहार गरेका थिए ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend