Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • प्रदेश १ मा मन्त्री र राज्यमन्त्रीले शपथ लिए, माधव नेपाललाई छाड्नेहरु पुरस्कृत


    शुक्रबार, चैत्र १३ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नम्बर १ को सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले सपथ लिएका छन् । मुख्यमन्त्री शेरधन राईले आज ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन् । माओवादी केन्द्र छाडेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ । माधव नेपालको कित्ता छाडेकी उषाकला राईलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरिएको छ ।

    त्यसैगरी, राम रानालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ । 
    त्यस्तै, कृषि राज्यमन्त्री कला घले र वन राज्यमन्त्रीमा राजकुमार ओझा नियुक्त भएका छन् ।

     नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ प्यासी र राज्यमन्त्रीहरुलाई  मुख्यमन्त्री राईले आजै सपथ गराएका छन् ।

    सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङ राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् । आङबोहाङ माओवादी केन्द्रबाट ताप्लेजुङका प्रदेश सभा सांसद हुन् । उनी केही दिनअघिमात्र एमालेमा प्रवेश गरेका हु्न् । घले र ओझा माधव माधव नेपाल समूह छाडेर मुख्यमन्त्री राईको पक्षमा खुलेबापत पुरस्कृत भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार