काठमाडौं । सिन्धुलीकी एक जना बालिका होटलमा काम गर्ने क्रममा होटलका मालिक बाबु छोराबाटै बलात्कृत भइन् । उनको तिनै बलात्कारी बाबु छोराको ३५ हप्ताको गर्भ रहेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी आयो ।
उजुरी पश्चात् आयोगले उद्दार गरी सेफहाउसमा राख्ने क्रममा साथी नामक गैरसरकारी संस्थाको होस्टलमा राखियो । बालिमा सुत्केरी भइन् । ती बालिका सुत्केरी भएपछि साथी संस्था र महिला आयोगकै केही पदाधिकारीहरुको मिलेमतोमा बालिकाको बच्चालाई झापामा बेचियो । उक्त बच्चा कानूनी हिसावमा कसैले पनि बिनाअनुमति अर्को व्यक्तिलाई दिन मिल्दैन ।
यो विषयमा राष्ट्रिय महिला आयोगमा पीडितका पक्षमा र पीडकका पक्षमा लामो विवाद र बहस नै हुन पुग्यो । जसका कारण अध्यक्ष कमला पराजुलीले यो विषयलाई गुपचुपमा मिलाउने प्रयासमा थिइन् भने अर्की सदस्य कृष्णकुमारी खतिवडा पौडेल कानूनबमोजिम पीडितलाई न्याय दिलाउन ।
आयोगले यो विषयमा २०८० साल माघ १६ गते छानबिन समिति बनायो । समितिले अनुसन्धान गरी २०८० साल फागुन ५ गतेभित्र प्रतिवेदन पेश गर्नेगरी सचिव पार्वती अर्यालकै संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका एक जना प्रहरी नायव उपरीक्षक (डिएसपी), साइवर ब्यूरोका एकजना प्रहरी नायव उपरीक्षक, मानव बेचविखन अनुसन्धान ब्यूरोका एक जना प्रहरी नायव उपरीक्षक, महान्यायाधीवक्ताको कार्यालयका उपसचिवस्तरका एकजना वरिष्ठ अनुसन्धान अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय महिला आयोगका सरकारी वकील सदस्य सचिव रहनेगरी सात सदस्यीय छानबिन समिति बनायो ।
यो छानबिन समितिले तयार गरेको प्रतिवेदन दराजमा थन्क्याएर राखियो । कार्यान्वयन नै भएन । प्रतिवेदन अनुसार साथी संस्थाको प्रत्यक्ष संलग्नता देखिएको स्रोतको दाबी छ । प्रतिवेदन तयार गर्ने समितिको संयोजक पार्वती अर्याल र अध्यक्ष कमला कुमारी पराजुलीकै कारण उक्त प्रतिवेदन लुकाउने काम गरिएको छ । स्रोतका अनुसार साथी संस्थाकी पूर्वअध्यक्ष वरिष्ठ सञ्चारकर्मी बन्दना राणा र संस्थापक अध्यक्ष डा. आरजु राणा देउवा हुन् । यो प्रतिवेदन लुकाउने र चलखेलमा सर्वोच्चका सहरजिष्ट्रार ठगीन्द्र कटवालको पनि प्रत्यक्ष संलग्नता रहेको बुझिन्छ । कटवाल सचिव पार्वती अर्यालका श्रीमान् हुन् ।
चलखेलका कारण पीडकलाई कारबाही नभएपछि अहिले बलात्कारी बाबुछोरा खुलेआम हिंडिरहेका छन् । पीडितका आफन्तहरु त्रासमा जीवन बिताउन बाध्य छन् । तथापि लाखौं खर्च गरी तयार गरिएको प्रतिवेदन धुलोमा लत्पतिएको अवस्थामा छ ।
२०८३ जेठ १८ गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend