Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • भाटभटेनीका संचालक गुरुङको निम्तामा शंकराचार्य भोलि नेपाल आउँदै


    बिहिबार, जेष्ठ ७ २०८३
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भाटभटेनी सुपरस्टोर्सका मालिक मीनबहादुर गुरुङको निमन्त्रणामा जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम शुक्रबार नेपाल आउने आउँदैछन् ।

    उनी जेठ ९ देखि १४ गते (मे २३ देखि २८) सम्म नेपालमा रहनेछन् । यति एअरलाइन्सको चार्टर फ्लाइटमार्फत् काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
    भाटभटेनीका संचालक गुरुङले बोलाएको भए पनि शंकराचार्यको लागि बस्ने ब्यवस्था भने आनन्द पशुपति परिसरस्थित आनन्द बतासको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा मिलाइएको छ ।

    शंकराचार्य नेपालको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ । आयोजकले दिएको जानकारीअनुसार धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

    कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि आयोजना गरिने बताइएको छ । शंकरचार्यलाई चाँदीको थाल, गिलास, कचौरा चम्चा मिनबहादुर गुरुङले दिने कार्यक्रम छ । शंकराचार्य ब्यापारी गुरुङको कार्यक्रममा आउन लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार