काठमाडौं । भाटभटेनी सुपरस्टोर्सका मालिक मीनबहादुर गुरुङको निमन्त्रणामा जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम शुक्रबार नेपाल आउने आउँदैछन् ।
उनी जेठ ९ देखि १४ गते (मे २३ देखि २८) सम्म नेपालमा रहनेछन् । यति एअरलाइन्सको चार्टर फ्लाइटमार्फत् काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
भाटभटेनीका संचालक गुरुङले बोलाएको भए पनि शंकराचार्यको लागि बस्ने ब्यवस्था भने आनन्द पशुपति परिसरस्थित आनन्द बतासको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा मिलाइएको छ ।
शंकराचार्य नेपालको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ । आयोजकले दिएको जानकारीअनुसार धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि आयोजना गरिने बताइएको छ । शंकरचार्यलाई चाँदीको थाल, गिलास, कचौरा चम्चा मिनबहादुर गुरुङले दिने कार्यक्रम छ । शंकराचार्य ब्यापारी गुरुङको कार्यक्रममा आउन लागेका हुन् ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend