काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को कार्यकारी प्रमुख (सीईओ) मा विवादित पात्र रामरतन साहलाई नियुक्ति गर्न लागिएको छ । अनेक भ्रष्टाचार काण्डमा मुछिएका साहलाई केयुकेएलको सीईओ बनाउन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्ताव लाँदैछिन् ।
डंगोलमाथि विवादित साहलाई सीईओ बनाउनका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालदेखि प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकारहरुको चर्को दबाब परेको बताइएको छ ।
२०८२ साउनमा काठमाडौं महानगरपालिका खरिद इकाई प्रमुख हुँदा रामरतन साहले खरिद प्रक्रियामा एकलौटी गर्ने निर्णय गरेको भन्दै कर्मचारीहरुले बिरोध गरेका थिए । खरिद प्रमुख साहले हरेक भुक्तानीमा दररेट तोक्दै घुस माग्ने गरेको आरोप लागेको थियो । साहको अनियमितताले चरम सीमा नाघेपछि उनले गरेका निर्णयमा सहभागी नहुने भन्दै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र नै बुझाएका थिए ।
साहले कार्यालय सहयोगीका नाममा रकम बुझ्ने गरेको, उनको घुसखोर प्रबृत्तिले गर्दा जुनसुकैबेला कर्मचारी फस्ने भन्दै खरिद शाखाका कर्मचारीहरुले बिरोध गरेका थिए ।
साहले गरेका भ्रष्टाचारका केही उदाहरण
महानगरको खरिद एकाई प्रमुख हुँदा साहले विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा करोडौंंको सूचना प्रविधिको प्याकेज खरिद गरेका बिषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नभएको ठेकेदारलाई दिएर खरिद ईकाइका प्रमुख शाहले भ्रष्टाचार गरेका थिए । मेयरको क्वाटर र सचिवालय मर्मत गर्दा १ करोडको काम १० टुक्रा गरी विनाटेन्डर कोटेसनमा काम दिएर भ्रष्टाचार गरिएको बिषयमा पनि उजुरी परेको थियो ।
त्यसैगरी महानगरको सूचना प्रविधिको प्याकेज खरिद गर्दा मिलेमतोमा विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा गरिएको थियो । करोडौँको सामग्री खरिद गर्ने गरेको सफ्टवेयर खरिदमा चरम अनिययिमतता गरिएको थियो ।
खरिद इकाइकै कारण पछिल्लो समय विद्यालयका लागि खरिद गरेको करिब ५ सय स्मार्ट बोर्ड पदमोदय माबिमा ताला लगाएर राखिएको छ । डिजिटल बोर्डको प्रतिस्क्वायर फिटमा ५ सयका दरले कमिसनको सेटिङमा समेत साह मुछिएका थिए ।
ललितपुर महानगरमा अनियमिततामा विवादित र जिम्मेवारीबिहीन रामरतन साहलाई खरिद एकाई प्रमुख बनाएर सेटिङकै लागि काठमाडौं महानगरमा ल्याइएको थियो ।
साह टेण्डरमा चलखेल गर्ने कार्यमा निपूर्ण भएकाले उनीहरुलाई ल्याएर काठमाडौंका बिभिन्न ठाउँमा रंगीन ब्लक(टायल) छाप्ने ठेक्कामा समेत सेटिङ गरिएको थियो ।
मधेश प्रदेशको बारा र पर्सामा दर्ता भएको कम्पनीसँग साहले सेटिङ गरी सोही कम्पनीको ब्लक खरिद गर्नेगरी क्राइटेरिया बनाई प्रतिस्पर्धालाई सीमित गरी ठेक्का दिइएको थियो । महानगरपालिकाले फुटपाथ सुधार परियोजनामा करिब २ अर्ब रुपैयाँ खर्च गर्ने बनाएको छ । जसका लागि महानगरले रंगीन ब्लक खरिद गर्दा भएको सेटिङका बारेमा छानबिन गरेपछि ठेकेदार छटपटीमा परेका थिए ।
एसियन कंक्रिटोले उत्पादन गरेका ती ब्लकको गुणस्तरमा समेत प्रश्न उठेको थियो । महानगरकै सहरी विकास बिभागले गरेको अनुगमनका क्रममा ब्लक गुणस्तरीय नभएको भनिसकेको छ । २ अर्ब रुपैयाँ बराबरको रंगीन ब्लक फुटपाथमा प्रयोग गर्ने क्रममा २५ करोडको सेटिङ गरेको आरोप खरिद एकाई प्रमुख साहमाथि लाग्दैआएको छ ।
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend