राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै पार्टीकी सांसद आशिका तामाङलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । रास्वपाले शनिबार ललितपुरको स्टाफ कलेजमा आयोजना गरेको संसदहरुको प्रशिक्षण कार्यक्रमको बिरोधमा सामाजिक संंजालमा लेखेपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्ने भएको छ ।
सांसदहरुको प्रशिक्षण कार्यक्रममा आशिका उपस्थित नभएको र स्थानको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै लेखेकी थिएन् ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा रास्वपाले ‘सक्षम सांसद, सशक्त संसद्’ नामक दुई दिने प्रशिक्षण कार्यक्रममा सांसद तामाङसहित केही सदस्य अनुपस्थित थिए । सांसदहरुको प्रशिक्षण जारी रहँदा उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिंहदरबारभित्रै पर्याप्त सरकारी हलहरू हुँदाहुँदै बाहिर महँगो शुल्क तिरेर कार्यक्रम गरिएको भन्दै आपत्ति जनाएकी थिइन् ।
तामाङले फजुल खर्चको विरोध गर्दै नयाँ भनिएको पार्टीको व्यवहार पनि पुराना दलहरू जस्तै भएको भन्दै आलोचना गरेकी थिइन् ।
स्टाफ कलेज जस्तो सरकारी प्रशिक्षण केन्द्रलाई पाँचतारे होटलसँग तुलना गरी भ्रम फैलाएको र पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै रास्वपाले उनलाई स्पष्टीकरण सोध्न लागेको बताइएको छ ।
रास्वपा स्रोतका अनुसार विषयको गाम्भीर्यता नबुझी र कार्यक्रममा सहभागी नै नभई सार्वजनिक टिप्पणी गरेको भन्दै तामाङलाई स्पष्टीकरण सोध्न लागिएको बताइएको छ । प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति नै न्यून भएका बेलामा तामाङको यो टिप्पणीले पार्टीभित्रको आन्तरिक कलहलाई सतहमा ल्याइदिएको छ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend