Nepal Face
  • आइतबार, १० साउन २०८३
  • होसियार ! हिटलर ओलीले सबैमाथि खड्ग चलाउँदैछन् : डा. बाबुराम भट्टराई


    आइतबार, चैत्र ८ २०७७
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् ।

    आइतवार बिहान सामाजिक सञ्जाल ट्वीट्गर्दै  डा भट्टराईले नेपाली हिटलरको उदय भइरहेको उल्लेख गरेका छन् ।

    उनले प्रधानमन्त्री ओलीतिर इंगित गर्दै पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्का चलाउन थालेको आरोप लगाएका छन् । भट्टराईले यस्तो अवस्थामा सबै सजग हुनुपर्ने सुझावसमेत दिएका छन्।

    उनले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ -पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनॅ किनकि म यहुदी थिइनॅस‘ अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन! नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होशियार !’ 

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार