Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैदेशिक रोजगार बिभागका नायबसुब्बा ९२ हजार ६ सय घुससहित पक्राउ


    शुक्रबार, चैत्र २७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगीलाई ९२ हनार ६ सय रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    बिहीबार अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई बिभाग परिसरबाट घुससहित नियन्त्रणमा लिएको हो ।

    नासु मस्राङगीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको रकम ७७ हजार ६ सयसमेत गरी जम्मा ९२ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

    साथै आयोगको टोलीले मस्राङ्गीको साथबाट मोबाइल ३ थान पनि बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार