Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित बढेपछि प्रदेश २ मा लकडाउनमा कडाई


    बिहिबार, बैशाख १८ २०७७
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १८ बैशाख । प्रदेश नम्बर २ मा कोरोना संक्रमण बढेपछि लकडाउनलाई कडाइ गर्ने निर्णय सरकारले गरेको छ । प्रदेश सरकारको निर्देशनपछि प्रहरीले त्यसको कार्यान्वयन थालेको छ । 

    लकडाउनलाई बलियो बनाउन प्रदेश दुई प्रहरी कार्यालय अनुगमन र निरीक्षणमा खटिएको छ । लकडाउनकै अनुगमनका लागि दुई नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले मंगलबार र बुधबार सर्लाही,रौटहट र धनुषा जिल्लाका बिभिन्न स्थानहरुमा निरीक्षण गरेका थिए ।

    नेपाल र भारत लकडाउनमा रहेका बेलामा सिमा क्षेत्रमा हुनसक्ने संभावित आपराधिक गतिविधिको पनि सुक्ष्म रुपमा नियाल्दै सुरक्षा सर्तकता बढाइएको डिआईजी सिंहले वताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार