काठमाडौं । प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियान जारी राखेको छ । एक हप्तायता ठमेल, भक्तपुर, लगायतबाट गुण्डागर्दी नियन्त्रण अभियानमा लागेको प्रहरीले आइतबार राति काठमाडौंमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार गुरुङमाथि गुण्डागर्दी तथा बिचौलियाको रूपमा नागरिकलाई दुःख दिएको आरोप लागेको छ । पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
पछिल्ला दिनहरूमा प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा गुण्डागर्दी नियन्त्रण अभियान तीव्र बनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend