Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बालेन सरकारको पहिलो प्रहार मिडियामाथि, सबै बिज्ञापन सरकारी संचारमाध्यमलाई मात्रै


    बिहिबार, चैत्र १९ २०८२
    565
    Shares
    वालेन्द्र शाह र बिक्रम तिमल्सिना
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको एक साता नबित्दै मिडियामाथि प्रहार सुरु गरेको छ । सरकारले सरकारी विज्ञापन सबै सरकारी संचारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र दिनुपर्ने निर्देशन संघीय सरकारका निकाय, स्थानीय तह र प्रदेश सरकारका निकायलाई दिएको छ ।

    संचार तथा सूचना प्रबिधि मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो । सरकारी सञ्चार माध्यममा मात्र सूचना वा विज्ञापन प्रकाशित गर्ने संचार मन्त्रालयको निर्णयको पत्रकार महासंघले बिरोध गरेको छ ।

    संचार मन्त्री बिक्रम तिमल्सिनाले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवद्र्धन गर्नका लागि भनेर सचिवस्तरीय निर्णय गरी रोक लगाएका छन् ।

    महासंघकी सभापति निर्मला शर्माले दुईतिहाई सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतंत्रतामाथि अंकुश लगाउने देखिएको बताएकी छन् । यो निर्णयको भत्र्सना गर्दै महासंघ देशव्यापी आन्दोलन गर्ने उनको भनाइ छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले निजी सञ्चार माध्यमहरूको लोकतन्त्रका ल्याउनका लागि ठुलो भूमिका रहेकाले सरकारी निर्णय सच्याउनु जरुरी रहेको बताइन् । यो निर्णयविरुद्ध महासंघ देशव्यापी आन्दोलन गर्छ । यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !

    महासंघकी अध्य शर्माले सामाजिक संजालमा लखेकी छन्–दुईतिहाई सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतंत्रतामाथि अंकुश लगाउने मनसाय देखियो ! निजी सञ्चार माध्यममाथि सरकारी बिज्ञापन रोकेर प्रहार गरेको छ ! हामी संग सामान्य छलफल पनि भएको छैन ! यो खालको निर्णय लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अंकुश लगाउने षड्यंत्र हो ।

    नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। निजी सञ्चार माध्यमहरूको लोकतन्त्रका ल्याउनका लागि ठूलो भूमिका छ र थियो !!  सरकारी निर्णय सच्याउनु जरुरी छ ! ये निर्णयविरुद्ध महासंघ देशव्यापी आन्दोलन गर्छ ! यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !

    यस्तो छ सरकारी निर्णय

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार