वालेन्द्र शाह र बिक्रम तिमल्सिना
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको एक साता नबित्दै मिडियामाथि प्रहार सुरु गरेको छ । सरकारले सरकारी विज्ञापन सबै सरकारी संचारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र दिनुपर्ने निर्देशन संघीय सरकारका निकाय, स्थानीय तह र प्रदेश सरकारका निकायलाई दिएको छ ।
संचार तथा सूचना प्रबिधि मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो । सरकारी सञ्चार माध्यममा मात्र सूचना वा विज्ञापन प्रकाशित गर्ने संचार मन्त्रालयको निर्णयको पत्रकार महासंघले बिरोध गरेको छ ।
संचार मन्त्री बिक्रम तिमल्सिनाले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवद्र्धन गर्नका लागि भनेर सचिवस्तरीय निर्णय गरी रोक लगाएका छन् ।
महासंघकी सभापति निर्मला शर्माले दुईतिहाई सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतंत्रतामाथि अंकुश लगाउने देखिएको बताएकी छन् । यो निर्णयको भत्र्सना गर्दै महासंघ देशव्यापी आन्दोलन गर्ने उनको भनाइ छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले निजी सञ्चार माध्यमहरूको लोकतन्त्रका ल्याउनका लागि ठुलो भूमिका रहेकाले सरकारी निर्णय सच्याउनु जरुरी रहेको बताइन् । यो निर्णयविरुद्ध महासंघ देशव्यापी आन्दोलन गर्छ । यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !
महासंघकी अध्य शर्माले सामाजिक संजालमा लखेकी छन्–दुईतिहाई सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतंत्रतामाथि अंकुश लगाउने मनसाय देखियो ! निजी सञ्चार माध्यममाथि सरकारी बिज्ञापन रोकेर प्रहार गरेको छ ! हामी संग सामान्य छलफल पनि भएको छैन ! यो खालको निर्णय लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अंकुश लगाउने षड्यंत्र हो ।
नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। निजी सञ्चार माध्यमहरूको लोकतन्त्रका ल्याउनका लागि ठूलो भूमिका छ र थियो !! सरकारी निर्णय सच्याउनु जरुरी छ ! ये निर्णयविरुद्ध महासंघ देशव्यापी आन्दोलन गर्छ ! यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !
यस्तो छ सरकारी निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend