काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीमबहादुर रावलले सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको कार्यान्वयनमा सकारात्मक प्रतिक्रिया दिँदै राष्ट्रियता जस्तो संवेदनशील विषयमा मौनता देखिएको बताएका छन् ।
सामाजिक सञ्जालमा रावलले आफ्नो धारण राख्दै रावलले लेखेका छन्–सरकारले जारी गरेको कार्यसूची अभिरुचिका साथ पढियो । कार्यान्वयन भएमा धेरैजसो विषयहरू राम्रा छन् । तर विगतमा अत्यन्त चर्चित र संवेदनशील विषयमा सरकार किन नबोलेको होला भन्ने प्रश्न उठ्छ ।
उनले नेपालको राष्ट्रिय सुरक्षा नीति, सीमा सुरक्षा, संविधानको धारा ५१ (ड) अनुसारको असमान सन्धि सम्झौताको पुनरावलोकन, माथिल्लो कर्णाली जलविद्युत आयोजना र जलस्रोत व्यवस्थासम्बन्धी सरकारको मौनता औँल्याएका छन् ।
त्यसैगरी रावलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षा जाँच चौकी, विषादियुक्त खाद्यान्न तथा तरकारी–फलफुल परीक्षण, तरकारी र फलफुलको परीक्षण र नियन्त्रण, कृषिमा पुनः उत्पादन हुने बिउको आयात र बिगबिगी, विदेशी सवारी साधनको अनियन्त्रित आवागमन, इम्बोस्ड नम्बरमा नेपाली भाषाको प्रयोगमा रोकजस्ता संवेदनशील विषयमा पनि सरकारले कदम नचालेको टिप्पणी गरेका छन् ।
साथै उनले शिक्षा क्षेत्रमा अनियन्त्रित शुल्क, कालोबजारी, तस्करी, मूल्यबृद्धि र नेपाल कानून तथा कूटनीतिक मर्यादाविपरीतका गतिविधि पनि जारी रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend