काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर भत्काउन रोक लगाएको छ ।
प्रमाण नष्ट हुन सक्ने भन्दै सीआईबीले उनको घर भत्काउन रोक लगाएको छ ।
सीआईबी स्रोतका अनुसार देउवाको घरमा गएको भदौ २४ गते भएको आगजनीमा पैसा जलेका भिडियोहरु सार्वजनिक भएकाले घर भत्काउँदा प्रमाण नष्ट हुन सक्ने भएकाले भत्काउन रोक लगाएको हो ।
जेनजी आन्दोलनमा आगजनी भएपछि देउवा दम्पत्तिले उक्त घर बिक्री गरेका थिए । र, खरिद गर्नेले उक्त घर धमाधम भत्काउन थालेको सूचनापछि सीआईबीले रोक लगाएको स्रोतको दाबी छ ।
हाइड्रोपावर ब्यवसायी ब्यवसायी विकास गौतमले देउवाको ६ रोपनी उक्त जग्गा खरिद गरेका थिए । बहुतल्ले अपार्टमेन्ट निर्माणका लागि उनले उक्त भग्नावशेष घरजग्गा खरिद गरेका थिए ।
काभ्रे घर भएका ब्यवसायी गौतमले बालुवाटारको घरसँग देउवाको बुढानीलकन्ठको उक्त जग्गा सट्टापट्टा गरेका थिए । घरबाहेक जग्गाको रकम दिएर उनले उक्त जग्गा खरिद गरेको स्रोतको दाबी छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend