काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर भत्काउन रोक लगाएको छ ।
प्रमाण नष्ट हुन सक्ने भन्दै सीआईबीले उनको घर भत्काउन रोक लगाएको छ ।
सीआईबी स्रोतका अनुसार देउवाको घरमा गएको भदौ २४ गते भएको आगजनीमा पैसा जलेका भिडियोहरु सार्वजनिक भएकाले घर भत्काउँदा प्रमाण नष्ट हुन सक्ने भएकाले भत्काउन रोक लगाएको हो ।
जेनजी आन्दोलनमा आगजनी भएपछि देउवा दम्पत्तिले उक्त घर बिक्री गरेका थिए । र, खरिद गर्नेले उक्त घर धमाधम भत्काउन थालेको सूचनापछि सीआईबीले रोक लगाएको स्रोतको दाबी छ ।
हाइड्रोपावर ब्यवसायी ब्यवसायी विकास गौतमले देउवाको ६ रोपनी उक्त जग्गा खरिद गरेका थिए । बहुतल्ले अपार्टमेन्ट निर्माणका लागि उनले उक्त भग्नावशेष घरजग्गा खरिद गरेका थिए ।
काभ्रे घर भएका ब्यवसायी गौतमले बालुवाटारको घरसँग देउवाको बुढानीलकन्ठको उक्त जग्गा सट्टापट्टा गरेका थिए । घरबाहेक जग्गाको रकम दिएर उनले उक्त जग्गा खरिद गरेको स्रोतको दाबी छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend