Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मन्त्री भएको २४ घन्टा नबित्दै चीनको नाका तातोपानी पुग्नेले लिपुलेकतिर नि हेर्नू : हर्क साम्पाङ


    आइतबार, चैत्र १५ २०८२
    750
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङ चीनको तातोपानी नाकामा पुगेर केरकार गरेपछि तातोपानी नाकाबाट आयात नै रोकिएको खुलासा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खुलाएका छन् ।

    गृहमन्त्री बनेको चौबीस घन्टा नपुग्दै गृहमन्त्री चीनको तातोपानी नाका पुगेको र चीनले उक्त नाकामा अघोषित नाकाबन्दी लगाएको साम्पाङले सामाजिक संजालमै लेखेका छन् ।

    उनले लेखेका छन्–‘तातोपानी पुग्नेले लिपुलेकतिर नि पुग्नु नि भन्दै ब्यंग्य गरेका छन् । लिपुलेकमा भारत र चीानले ब्यापार गर्ने निर्णय गरिसक्दा पनि सरकार मौन छ । साम्पाङले लेखेका छन्–‘चौबीसै घण्टा नपुग्दै चीनको नाकामा पुग्न भ्याएछ गृहमन्त्री ! चीनले अघोषित नाकाबन्दी नि लाएछ ! यो सरकार कसको इशारामा चल्दैछ ? लिपुलेकतिर नि पुग्नु है हेर्न !’

    हर्क साम्पाङले गृहमन्त्री बनेको २४ घन्टा नबित्दै गुरुङ चीन पुगेको भने पनि उनी गोरखाबाट चुनाव जितेपछि चैत १ गते श्रीमतीसहित चीनको सीमा तातोपानी पुगेको खुलेको छ । उनले नेपाल–चीन सीमा तातोपानी नाका पुगेर त्यहाँ कार्यरत कर्मचारीलाई कडा निर्देशन दिएका थिए ।

    सुधनले त्यहाँस्थित सुक्खा बन्दरगाह र भन्सार कार्यालयको अनुगमन गरेका थिए । त्यसक्रममा उनले त्यहाँको कार्य पद्धतिमाथि प्रश्न उठाउँदै भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालसँग डाटा मागेका थिए ।

    सुधनले नाकामा रहेको आगमन–प्रस्थान ‘वाकथ्रु गेट’ बिग्रेकोमा सोधखोज गर्दै छिट्टै बनाउन निर्देशन दिए । त्यस्तै, ड्राइपोर्टको निरीक्षण गरेका उनले त्यहाँ कार्यरत मजदुरसँग कुराकानी गरेका थिए । त्यसपछि भोटेकोशी गाउँपालिका वडा नं ३ कार्यालय पुगेका सुधनले त्यहाँ पनि निर्देशन दिएका थिए ।

    भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन आगो लगाउने टिओबीसँग जोडिएका सुधनको भ्रमणपछि चिनियाँ सुरक्षा निकायले सामान चेकजाँचमा थप कडाई गरेको भन्सार स्रोतले बताएको छ । दैनिक २० वटासम्म कन्टेनर पास हुने गरेको नाकाबाट गुरुङको भ्रमणपछि एकाध ट्रक मात्र छोड्न थालेको भन्सारका कर्मचारीहरू बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार