Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • स्रोत नखुलेको ९ लाख रुपैयाँसहित पर्साबाट साह पक्राउ


    बिहिबार, चैत्र १२ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बीरगंज । पर्साको बीरगंज महानगरपालिका–१६ भन्सार मूलगेटबाट स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिशेष सुचनाका आधारमा सीमा सुरक्षा गुल्म पर्सा बीरगंजले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित सोही महानगरपालिका–८ बस्ने ४४ बर्षीय अनिलकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

    साहको साथबाट नेपाली रुपैयाँ  १ हजार दरको ९ सय थान बरामद भएको  छ । नियन्त्रणमा लिइएका ब्यक्तिलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार