काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज संसदीय दलको नेता चयन हुँदैछन् ।
दिउँसो २ बजे प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनलाई रास्वपाले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठकमा बालेनलाई दलको नेता चयन गर्ने सम्बन्धी छलफल हुनेछ । त्यसलगत्तै संसदीय दलको बैठक बसेर बालेनलाई दलको नेता चयन गरिने सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए ।
त्यसपछि पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ । बालेनले
शुक्रबार मध्यान्ह १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १३ चैत दिउँसो १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई शपथग्रहण गराउनेछन् । शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने छ ।
बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । पहिलोपटकमै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । मन्त्रालय संख्या अधिकतम १५ बनाउने गृहकार्य छ । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend