Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे तय


    बुधबार, चैत्र ११ २०८२
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो तय गरिएको छ।

    संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको हो। शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।

    नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार