Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस निर्वाचन जित्नको लागि मात्र स्थापना भएको पार्टी होइन: गगन थापा


    मंगलबार, चैत्र १० २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने टिप्पणी गरेका छन् ।

    मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको जिकिर गरे ।

    ‘के निर्वाचन नै सबै कुरा हो ? के निर्वाचनको केही सन्दर्भ २०७४ को प्रतिकूल अवस्था पनि हामीले ब्यहोरेकै हो,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा त कुनै बेला निर्वाचन हुन्छ, निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको पनि होइन, हाम्रा पार्टीका नेताहरूले पार्टी बनाउने बेलामा त । यो पार्टी निर्वाचनभन्दा फराकिलो छ ।’

    उनले पार्टी आएको र पार्टी आएपछि मात्रै निर्वाचन आएको टिप्पणी गरे । कांग्रेसले त्यो विषयलाई फराकिलो दायरामा राखेर हेर्नुपर्ने पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार