काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीहरू अमेरिकी गुप्तचर संस्था सीआईएको नियन्त्रणमा रहेको र उनीहरूलाई घण्टी चिन्हमा भोट हाल्न दबाब दिइएको दाबी गरेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यो विषयलाई ‘लाजमर्दो’ बताउँदै भने, ‘विदेशमा जागिर वा अध्ययनका लागि गएका नेपालीहरू-विद्यार्थी र कामदारहरू सबैलाई सीआईएले कब्जामा लिएको छ । उनीहरूले आफ्ना आमा-बाबु तथा अभिभावकलाई फोन गरेर ‘घण्टीमा भोट हाल्नुपर्छ, नत्र म घर आउँदिनँ’ भन्दै दबाब दिइरहेका छन् । यस्तो अवस्था भएको देशमा हामी चिन्तित नहुने कसरी रु’
उनले सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलाउनेहरू ठूलो संख्यामा आएको टिप्पणी गरे । उनले भने, ‘जनताले सधैँ सही निर्णय गर्छन् भन्ने कुरा गलत हो । जनताले सधैँ सही फैसला गर्छन् भन्ने विश्वास अब लागू हुँदैन ।’ केसीले यो अवस्थाको जिम्मेवार कम्युनिस्ट नामधारी शक्तिहरू रहेको बताएका छन् । उनले संसद्मा आफूले यसअघि नै ‘कि तिमीहरू सुध्र, कि सक्किन तयार होऊ’ भनेर चेतावनी दिएको स्मरण गराए ।
नेपालको वर्तमान स्थितिमा सबै राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने उनले बताए । ‘मुलुक त गयो,’ उनले भने, ‘यो सब अमेरिकाले चीनविरुद्ध लड्नका लागि खेलेको खेल हो । यो कांग्रेस, एमाले र माओवादीले गरेको भ्रष्टाचार वा जनताले सुख नपाएर भएको होइन । अमेरिकाले दलाई लामालाई पुनर्स्थापित गर्नकै लागि यो खेल खेलेको हो ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको चर्चा गर्दै उनले अमेरिकाको उदाहरण दिए । ‘प्रत्यक्ष कार्यकारी होइन, ट्रम्प हो । अमेरिका जस्तो लामो प्रजातान्त्रिक इतिहास र संस्कार भएको देशले ट्रम्पजस्तालाई चुन्छ । यसले जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा गलत साबित भएको छ ।’
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend