Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : पाकिस्तानमा संक्रमित संख्या १५ हजार नाघ्यो


    बिहिबार, बैशाख १८ २०७७
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १८ बैशाख । पाकिस्तानमा पछिल्लो २४ घन्टामा मात्रै ८ सय ७४ मा कोरोना संक्रमण फेला परेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो संख्या हालसम्म कै उच्च  हो ।

    यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ ।त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन सय ४६ पुगेको छ । पाकिस्तानमा मे ९ सम्म कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरिएको छ ।

    अहिलेसम्म पाकिस्तानमा चार हजार ५२ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    यसैबीच पाकिस्तानले विभिन्न मुलुकमा फसेका सात हजारभन्दा धेरै नागरिकलाई मुलुकमा फिर्ता ल्याउने बताएको छ । उनीहरुलाई मे महिनाको पहिलो सातामा पाकिस्तानमा फिर्ता ल्याएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार