सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
चैत ४ गते बुधबार बिहान करिब २ बजे के।सी। भाइ भन्ने व्यक्तिको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन तथा अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१६ निवासी ४३ वर्षीय सन्तोष के.सी., लालबन्दी–१५ का ३९ वर्षीय संतलाल योन्जन, लालबन्दी–८ का ५२ वर्षीय मनिलाल तामाङ, लालबन्दी–१७ का ४६ वर्षीय अमरबहादुर बल, लालबन्दी–१६ का ४० वर्षीय ललित जिम्बा, लालबन्दी–१ का ४२ वर्षीय नागेन्द्र चौधरी, लालबन्दी–८ का ४४ वर्षीय बिजु लामा रहेका छन् ।
त्यसैगरी हरिवन नगरपालिका–३ का २३ वर्षीय सुबोध चौधरी, सोही स्थानका ४४ वर्षीय मानबहादुर मोक्तान, मलंगवा नगरपालिका–९ का ३५ वर्षीय ललन महत्तो र ब्रह्मपुरी गाउँपालिका–४ का ४० वर्षीय राजेश कुमार साहलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
प्रहरीका अनुसार जुवाको खालबाट नगद २ लाख ८४ हजार रुपैयाँ, ६४४ पत्ती तास र नयाँ नखोलेको ६ प्याकेट तास बरामद गरिएको छ ।
पक्राउ परेकामध्ये हरिवन नगरपालिका–३ का मानबहादुर मोक्तानलाई स्वास्थ्य समस्याका कारण थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनी उच्च रक्तचापका बिरामी रहेको र एउटा मात्र मिर्गौला रहेको बताइएको छ ।
अन्य पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी जुवा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend