काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ९ महिने अवधिको प्रधानमन्त्री पदसमेत बाँडेर आधा आधा कार्यकाल बाँडेर खाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले मुखमा आएको २ बर्षको प्रधानमन्त्री पद अस्वीकार गरिरहेका छन् ।
सिंगो नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्री पद स्वीकार गर्न आग्रह गर्दा पनि उनी मौन छन् । र, केपी ओलीकै सरकारलाई टिकाउने ग्रान्ड डिजाइनमा उनी फसेका छन् । अदृश्य शक्ति (विदेशी शक्ति)ले उनलाई प्रधानमन्त्री नखान र ओलीलाई नै निरन्तरता दिन संकेत गरेकाले उनी मुखमा आएको पद समेत स्वीकार गर्न सकिरहेका छैनन् । फलस्वरुप मुलुक सरकार नै नबन्ने अवस्थामा पुगेको छ ।
ओलीलाई टिकाएर कम्युनिष्ट पार्टी दुई टुक्रा पारिसकेको विदेशी शत्तिले अब एमाले टुक्रयाउन खोजिरहेको छ । त्यो शक्तिले ओलीलाई नै चुनाव घोषणा गर्न लगाउने र त्यसपछि उनका बिरुद्ध सबै आन्दोलनमा गइसकेपछि अर्को खिलराज रेग्मी खोजेर निर्वाचन गराउने दाउमा छ । त्यही भएकाले पनि देउवा अहिले प्रधामन्त्री हुन चाहिरहेका छैनन् । त्यो शक्तिले जनता समाजवादी पार्टीलाई ओली सरकारमा पठाउन खोजेको थियो ।
जसपा पठाए पनि माधव नेपाल पक्षले फ्लोरक्रस गर्ने र सरकार ढल्ने संभावना देखिएपछि देउवालाई रोकेको छ । देउवा प्रधानमन्त्रीका लागि तयार नभएपछि अब मुलुक पुनः चुनावतिर जाने संभावना बढेको छ ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend