Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • वामदेव गौतम फकाउन ओलीले गरे बिष्णु पौडेल परिचालनः राष्ट्रिय भेलामा जालान् त ?


    मंगलबार, चैत्र ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा ब्यापक छलफल गर्ने भएको छ । यसका लागि भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणा प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यकर्ता भेलामा सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिने जानकारी दिइएको छ ।

    मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले अध्यक्ष ओलीले कार्यकर्ता भेलामा सहभागी हुनेहरुलाई कारबाही हुने चेतावनीप्रति संकेत गर्दै भने, कस कसलाई कारबाही गर्नुहुन्छ, लामबद्ध भएर कारबाही भोग्न तयार छौं ।

    नेता भट्टराईले अध्यक्ष ओलीलाई पार्टी एकताको सुरुवात गर्न भोलिको भेलामा प्रमुख अतिथि भएर सहभागी हुन आग्रह गरेका छन् । ओलीले मंंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा माधव–झलनाथ पक्षको कार्यकर्ता भेलामा जाने देशभरका नेता कार्यकर्तालाई कारबाहीको धम्की दिएका थिए । ओलीको त्यही धम्कीको प्रत्युत्तर दिंदै भट्टराईले कारबाही गर्न चुनौती दिएका हुनु ।

    माधव–झलनाथ पक्षको बुधबारको भेलामा एकता अभियान चलाएका एमालेका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने संभावना छ । बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालहरु गौतमलाई भेलामा सहभागी गराउन संवाद गरिरहेका छन् ।

    माधव नेपाल पक्षले भोलिको भेलामा गौतमलाई सहभागी गराउने सूचना पाएपछि उपमहासचिव तथा ओली सरकारका अर्थमन्त्री बिष्णु पौडेल गौतम फकाउन मंगलबार बिहानै उनको निवास भैसेपाटी पुगेका थिए । पौडेल भैसेपाटीमा पुगेर गौतमलाई ओली समूहमै लाग्न प्रलोभन दिएर पर्किएका छन् । गौतमले ओलीले फागुन २८ मा बालुवाटारमा आफ्नो गुटको भेला राखी पार्टीमा २३ केन्द्रीय सदस्य मनोनीत गर्ने पदाधिकारीको जिम्मेवारी खोसेकोमा बिरोध गर्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार