काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पाँचतारे होटल टुलिपमा सांसदहरुलाई दिएको दुई दिने प्रशिक्षणको बिषयमा पक्ष विपक्षमा टिकाटिप्पणी भइरहेको छ । २ दिने प्रशिक्षणमा करिब ४५ लाख रुपैयाँ खर्च भएको र त्यो रकमको पारदर्शीताका बारेमा सामाजिक संजालमा प्रश्न पनि उठाइएको छ ।
पाँच तारे होटलमा प्रशिक्षण किन दिनुपर्यो ? संसदकै हलमा वा अन्यत्र पनि दिन सकिन्छ भन्ने कोणबाट प्रश्न उठेका छन् । पाँचतारे होटलमा सांसदहरुलाई दिइएको खर्च कुनै ठेकेदार वा ब्यापारीले नै दिएको होला, उसको स्वार्थ के हो ? बिचौलियासँग टाढा रहने पार्टीले पाँचतारे होटलमा गरेको खर्चको पारदर्शीता देखाउनुपर्छ कि पर्दैन भन्ने कोणबाट पनि चर्चा भइरहेको छ ।
श्रम संस्कृति पार्टीकी नेतृ विद्या श्रेष्ठले त सत्तापक्ष रास्वपाले होटलमा ४५ लाख सकेको बताएकी छन् । उनले सत्तापक्ष रास्वपाले होटलमा ४५ लाख सक्दा प्रतिपक्षी श्रम संस्कृति पार्टीले दार्चुलामा तुईन हटाएर पुल बनाउन ४५ लाख सहयोग रकम जुटाएको उल्लेख गरेकी छन् । उनले रास्वपा र श्रम संस्कृति पार्टीमा फरक यही हो भनेकी छन् ।
सामाजिक संजालमा श्रेष्ठ लेख्छिन्–‘सत्तापक्षले महंगो होटलको भाषणमै लगभग ४५ लाख उडाएछ । प्रतिपक्षले दार्चुलाको बिकट ठाउमा तुईनको साटो झोलुङ्गे पुल बनाउन झण्डै ४५ लाख सहयोग रकम जुटाएछ । यही फरक हो ।’
श्रेष्ठ केही महिनाअघि रास्वपा छाडेर श्रम संस्कृति पार्टीमा प्रवेश गरी मकवानपुर १ बाट निर्वाचनमा उम्मेदवार थिइन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend