काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा राजस्व अनुसन्धान बिभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीसहित ३ जनाबिरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अधिकारीले एच.के.इन्टरप्राइजेज प्रा.लि. को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण वापत ७० लाख लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गराई तहिकरण गरी घुस लिएर उक्त रकमकोस्वरूप परिवर्तन गरी गराई भक्तपुर, थिमी नगरपालिका वडा नम्बर २ मा ५ आना २.५९ दाम क्षेत्रफलको जग्गा खरिद गरेको उल्लेख छ ।
मध्यपुर थिमी नगरपालिकाको साविक वडा नं १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजनाभित्रको उक्त कित्ता नं ९९८ जग्गा खरिद तथा देवेन्द्र केसी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएकाले मुद्दा दर्ता गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले पूर्वमहानिर्देशक अधिकारीसँग भ्रष्टाचार मुद्दामा ७० लाख र सम्पत्ति शुद्धीकरणमा थप ७० लाख गरी १ करोड ४० लाख बिगो मागदाबी गरेको छ । द कुटी रिसोर्टका म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीलाई भ्रष्टाचारमा २० लाख र सम्पत्ति शुद्धीकरणमा अर्को २० लाख गरी ४० लाख बिगो माग गरेको छ । रबिन्द्र लामिछानेसँग भ्रष्टाचारमा ५० लाख र सम्पत्ति शुद्धीकरणमा ५० लाख गरी १ करोड बिगो दाबी गरेको छ ।
अख्तियारको आरोपपत्र :
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend