Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • चुनावमा शर्मनाक हारपछि ऋषि धमलाले छाडे प्रभु साहको पार्टी


    सोमबार, फाल्गुन २५ २०८२
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । रिपोर्टर्स क्लव संचालन गरेबापत करिब ७० लाख भाडा सरकारलाई नबुझाएका ऋषिराज धमलाले चुनावमा शर्मनाक हार ब्यहोरेपछि प्रभु साह नेतृत्वको आमजनता पार्टी(आजपा)नै छाडेको घोषणा गरेका छन् ।

    आजीवन आफैैं अध्यक्ष रहेको रिपोर्टर्स क्लव नेपालबाट उनले सोमबार उक्त घोषणा गरेका हुन् । धमलाले आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको भन्दै यो निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

    यो पनि पढ्नुहोस् :

    धमलाकी श्रीमती एलिजा गौतमलाई आजपा पार्टीको समानुपातिकतर्फ खस आर्य महिनामा पहिलो नम्बरमा राखिएको छ । यद्यपि समानुपातिकतर्फको मतगणना हेर्दा आजपा पार्टीले थ्रेसहोल्ड कटाउने संभावना कुनै देखिंदैन ।

    आजपाले थ्रेसहोल्व्ड नकटाउने र श्रीमती पनि सांसद हुने संभावना नदेखिएपछि चुनावको नतिजा आउँदा नआउँदै धमलाले उक्त पार्टी छाडेको घोषणा गरेका छन् । चुनाव चिह्न प्रयोग गरेर आजपाबाट निर्वाचनमा उम्मेदवारी दिएर मैले पार्टीको सदस्यता नै लिएको छैन भनेर धमलाले जग हँसाउने कुरा गरेका छन् ।

    धमलाले भूकम्पपछि रिपोर्टर्स क्लवको कार्यालय भृकृटीमण्डपस्थित समाज कल्याण परिषदको स्वामित्वको भवनमा भाडा तिर्नेगरी सारेका थिए । तर कार्यालय राखेदेखि अहिलेसम्म उनले भाडा नतिरेपछि समाजकल्याणले ताकेता गरेको गर्यै छ । तर उनी बक्यौता नतिरी अटेरी गरेका गर्यै छन् ।

    रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका गणेश पौडेलले ३६८७६ मत ल्याई निर्वाचित हुँदा धमलाले ६५५ मत मात्र पाएका छन् । उनको जमानतै जफत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार